{"product_id":"nilo-prem-नीलो-प्रेम","title":"Nilo Prem नीलो प्रेम","description":"\u003cp\u003e\u003cspan\u003eपुस्तकको बारेमा \u003cbr\u003e'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।\u003c\/span\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Indigo Ink Publications","offers":[{"title":"Default Title","offer_id":50195086213410,"sku":null,"price":799.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Untitleddesign-2025-08-04T091934.778.png?v=1754278550","url":"https:\/\/brightbooksstore.com\/products\/nilo-prem-%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae","provider":"Bright Books Store","version":"1.0","type":"link"}