Maakhaal By Tej Shrestha
Maakhaal By Tej Shrestha
माखाल
Maakhaal
By Tej Shrestha
पछिल्लो बाहिरी पृष्ठबाट
जोरसिमलले आज नयाँ माखाल छान्नु छ निष्पक्ष | आदिवासी मेचे समाज लर्तरो छैन सामाजिक परिवेशमा । पहिल्यैदेखि आफूबाट आफैँलाई शासन गर्ने विधिमा अटल छ यो जनजाति समाज । शायद यस्तै विधिलाई प्रजातान्त्रिक वा गणतान्त्रिक विधि भनिन्छ | मेचे समुदायका लागि यो नौलो विधि होइन । यस्तो विधि आदिवासी जनजातिमा परापूर्व कालदेखि अभ्यासमा रहँदै आएको छ ।
आफूले चाहेको, समाजलाई केही गर्न खोज्ने, निडर र निर्भीक, आफ्नो समाजको भलो चिताउने, सबैमा निःस्वार्थ भरथेग पुऱ्याउने व्यक्ति चुन्ने सबैको चाहना र हक हो । समाजमा भएका भैझगडा मिलाउने, न्याय निसाफ दिने, अपराधीलाई दण्ड सजाय गर्ने, सबैलाई समान व्यवहार गर्ने, सबैसँग घुलमिल हुने, ठोस निर्णय दिन सक्ने र समाजमा परिआउने सबै कार्यमा सहभागी बन्न सक्ने व्यक्ति छान्नु चुनौतीपूर्ण छ । तर बहुमतको कदर गर्न यो समुदाय अभ्यस्त छ ।